Logo

राजनीति

कांग्रेस संसदीय दलको बैठक : सभामुख निर्वाचनबारे छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले सभामुखको निर्वाचनका विषयमा छलफल गर्न बुधबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । सभापति देउवाले बुधबार विहान पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग त्यसबारे परामर्श गरेका थिए ।

बैठकले विपक्षमा रहेका दलहरूसँग गठबन्धन गरेर सभामुखमा उम्मेदवारी दिने गरी छलफल गर्ने निर्णय गरेको छ । यसबीचमा नेताहरूले विपक्षमा रहेका दलहरूसँग परामर्श गर्ने र उम्मेदवारको चयन हुने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १२:२५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।