Logo

प्रमुख समाचार

‘माओवादी नेता पुनको कलेजोले ८० प्रतिश काम गर्न छाड्यो, अब प्रत्यारोपणको विकल्प छैन’



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुनको कलेजोले ८० प्रतिशतभन्दा बढी काम गर्न छाडेको चिकित्कसकले बताएका छन् । ललितपुको सुमेरु अस्पतालमा उपचारत पुनलाई चिकित्सकहरुले अब कलेजो प्रत्यारोपणको विकल्प नभएको बताएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरुमा भर्ना गरिएको थियो । नेता पुनको उपचारमा संलग्न डा. युवराज शर्माका अनुसार कलेजोको ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ, त्यसैले अब कलेजो प्रत्यारोपण नै गर्नुपर्छ ।

तर नेपालमा कलजो प्रत्यारोपण गर्दा समस्या आउन सक्ने भएकाले देश बाहिर कहाँ लग्ने भन्ने विषयमा छलफल भइरहेको डा. शर्माले बताए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १३:०५   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।