काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय कार्यसमितिले सांसद ईश्वरी न्यौपानेलाई प्रतिनिधिसभाको सभामुख पदको उमेदवार बनाउने निर्णय गरेको छ । अब यो निर्णय संसदीय दलबाट अनुमोदन हुनेछ । सभापति देउवाको सुझावमा न्यौपानेले उमेदवारको फर्म लिइसकेको बताइएको छ ।
कांग्रेसको संसदीय दल कार्यसमिति समितिमा अहिले संसदीय दलको नेता समेत रहेका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक छन् । दुई महामन्त्री कार्यसमितिमा पदेन सदस्य हुने विधानको व्यवस्था छ ।
चारजनाको समितिले न्यौपानेलाई उमेदवार बनाउने निर्णय गरेको हो ।




















प्रतिक्रिया