Logo

राजनीति

राज्यमन्त्री श्रीपालीले लिइन् पद तथा गाेपनीयताकाे शपथ



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गराएका हुन् ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍का २२ मन्त्रीहरूले यसअघि नै शपथ लिइसकेका छन् । पर्यटन राज्यमन्त्री श्रीपाली भने मंगलबारको शपथग्रहणमा छुटेकी थिइन् । उनले आफू काठमाडौं बाहिर भएकाले शपथग्रहणको निर्धारित समयमा उपस्थित हुन नसकेको प्रतिक्रिया दिएकी थिइन् ।

माओवादी पार्टीमा आवद्ध श्रीपाली २३ सदस्यीय मन्त्रिपरिषद्‍मा एक्लो दलित मन्त्रीसमेत हुन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १५:३५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।