Logo

राजनीति

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच विश्वासको मतको कदर नहुने नेता लाेहनीकाे दाबी



काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच विश्वासको मतको कदर नहुने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा साेमबार बिहान ट्विट गर्दै नेता लोहनीले त्यस्तो आशंका व्यक्त गरेका हुन् । उनले लेखेका छन्, “सम्माननीय प्रधानमन्त्री पुष्पकमलजी र भूपु प्रम ओलीजीबीच विश्वासको त कुरै छोडौं, अविश्वासको व्यवस्थापन पनि होला जस्तो छैन ।”

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १४:१२   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।