Logo

अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा



काठमाडौं। अष्ट्रेलियामा आर्थिक मन्दीको जोखिम बढ्दै गएको भन्दै वित्तीय समूह म्याक्वेरीले चेतावनी दिएको छ। म्याक्वेरीका अनुसार मुलुकमा आर्थिक मन्दीको सम्भावना करिब ५० प्रतिशत पुगेको छ।

म्याक्वेरीका प्रमुख अर्थशास्त्री रिक डेभरेलले कमजोर व्यावसायिक मनोबल र आर्थिक गतिविधिमा आएको सुस्तताले सन् २०२६ को अन्तिम त्रैमासिकमा अर्थतन्त्र संकुचित हुन सक्ने बताएका छन्।

उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र बेरोजगारीका कारण अष्ट्रेलियाली परिवार आर्थिक दबाबमा परेको उनको भनाइ छ। यसअघि एचएसबीसीका अर्थशास्त्री पल ब्लक्सहमले पनि आगामी केही त्रैमासिकमा आर्थिक वृद्धि ठप्प हुन सक्ने र मन्दीको सम्भावना ५० प्रतिशत रहेको बताएका थिए।

अष्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले पनि उच्च मुद्रास्फीति र ब्याजदरका कारण आगामी दुई वर्ष आर्थिक वृद्धि दुई प्रतिशतभन्दा तल रहने अनुमान गरेका छन्। यद्यपि, सरकारले अर्थतन्त्र संकुचनमा जाने अपेक्षा भने गरेको छैन।

यसैबीच, अष्ट्रेलियाको तथ्यांक विभागले बुधबार अक्टोबर महिनाको मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दैछ। इन्धनको मूल्यवृद्धिका कारण मुद्रास्फीति उच्च रहने अनुमान गरिएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार २१:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।