Logo

प्रमुख समाचार

माओवादी–नेसपा एकता वार्ता टोलीको बैठक आज



काठमाडौं। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) एकता वार्ता टोलीको बैठक (मंगलबार) आज बस्दै छ । एकताका लागि बनेको वार्ता टोलीको बैठक दिउँसो २ बजे बस्ने तय भएको नेसपा वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठले बताए ।

पार्टी एकताका विषयमा सरकारात्मक वातावरण बन्दै गएकाले छिट्टै परिणाम निकालिने श्रेष्ठले बताए । यसअघि शनिबार बसेको वार्तामा दुबै पार्टीको डकुमेन्ट आदानप्रदान गरिएको थियो ।

यसैगरी माओवादीका उपमहासचिव एवम् वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले पनि यस्तै सकारात्मक रुपमा छलफल अघि बढेको जानकारी दिए । उनले नेसपासहित अन्य दलसँग समेत संवाद अघि बढेको बताए ।

दुई पार्टीबीच एकता गर्न बनेको वार्ता टोलीमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरासहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितको नेता रहेका छन् । वार्ता टोलीले विप्लव नेतृत्वको नेकपासँग समेत एकताका विषयमा छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १२:१४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।