काठमाडौं । गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा राजनीतिक दलहरले गरेका खर्चको विवरण निर्वाचन अयोगमा पेश गरेका छन् । बन्दसूची बुझाएका ४७ वटै राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ भएको प्रचारप्रसारको खर्च विवरण बुझाएका हुन् ।
आयोगमा बुझाइएको विवरणानुसार निर्वाचनमा सबैभन्दा बढी नेकपा एकीकृत समाजवादी खर्च गरेको देखिएको छ । करिब पाँच हजार मत नपुग्दा राष्ट्रिय दल बन्नबाट वञ्चित भएको सो पार्टीले एक करोड ९० लाख ८९ हजार ५०० रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ ।
दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बढी खर्च गरेको विवरण पेश गरेको छ । उसले एक करोड ८९ लाख खर्च भएको जनाएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ खर्च भएको विवरण पेश गरेको छ भने नेकपा एमालेले एक करोड ३३ लाख २६ हजार ६९३ खर्च भएको उल्लेख गरेका छ ।
यस्तै नेकपा माओवादी केन्द्रले एक करोड चार लाख ३४६ रुपैयाँ, निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपैयाँ, जनता समाजवादी पार्टी ३५ लाख खर्च गरेको छ । जनमत पार्टीले तीन लाख ८८ हजार खर्च गरेको विवरण आयोगमा पेश गरेको छ ।
बहुजन शक्ति पार्टीले समानुपातिक निर्वाचनको प्रचारप्रसारका लागि खर्च नै नभएको दाबी गरेको छ ।
यस्ताे छ दलहरुकाे खर्च विवरण























प्रतिक्रिया