Logo

प्रमुख समाचार

गृहमन्त्री लामिछानेले भने : विगतका शासकबाट राज्य संयन्त्र थिलथिलो पारेर छाडिएकाे छ



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्य संयन्त्र थिलथिलो पारेर छाडिएको बताएका छन् । विगतमा राज्यसत्तामा पुगेका दलहरुले राज्य संयन्त्र कमजोर र थिलथिलो अवस्थामा पारेर छाडेकाले त्यसलाई क्रमशः सुधार गर्दै गृहमन्त्रालय अगाडि बढेको उनले बताएका छन् ।

मंगलबारकाे प्रतिनिधिसभा बैठकमा सभामुख र उपसभामुखलाई बधाई ज्ञापन गर्दै उनले अहिले आफूले विगतकै नेतृत्वले गरेका कमजोरीका कारण उठेका प्रश्नको सामना गर्नुपरेको गृहमन्त्री लामिछानेले बताए । उनले भने, ‘अहिले राज्य संयन्त्र थिलथिलो र कमजोर अवस्थामा पारेर छाडिएको छ । यी नै कारण अहिले विभिन्न प्रश्न उठिरहेका छन् ।’

तर गृहमन्त्रालय यी सबै प्रश्नको जवाफ रोष्ट्रमबाट नभई कामको माध्यमबाट दिने दाबी गरे । ‘यी सबै प्रश्नको उत्तर दिनेछु । कम र परिणाममार्फत । अहिले राज्यका संरचनामा सुधार आवश्यक छ । प्रणालीगत समस्या छन् । यसै कारण अहिले गृह मन्त्रालय प्रणाली सुधार र मापदण्ड निर्माणमा लागेको छ ’, उनले भने, ‘हिजोको जस्तो राज्य संयन्त्र चलाउन छाडियो भने मात्र पनि आधार समस्या समाधान हुन्छ ।’

उनले क्रसर, फरार सांसद, आन्दोलरत अधिकार्मीका सबैका कुरामा गृहले काम गरिरहेको बताए । उनले भने, ‘नतिजा अवश्य आउँछ । तर आउन समय लाग्छ । किन भने राज्यका संयन्त्र गिजोलिएका छन् ।’

उनले आफूले जनताको अपेक्षा पूरा गर्नका निमित्त दह्रोसँग खुट्टा टेकेको भन्दै अन्य सांसद तथा दलहरुलाई पनि जनताको विश्वास मर्न नदिन दह्रोसँग खुट्ट टेक्न आग्रह गरे ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १४:४६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।