काठमाडौं । राप्रपा नेपालसम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अध्यक्षमा उज्वल पोखरेल चयन भएका छन् । राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठकले पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।
यसअघिका अध्यक्ष कैलाश कटवाल राप्रपामा प्रवेश गरेपछि ष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेतृत्वविहीन थियो । सोही संगठनको जिम्मेवारी पोखरेललाई दिइएको हो ।




















प्रतिक्रिया