Logo

प्रमुख समाचार

संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी नहुनु गलत : नेम्वाङ



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले संसदीय व्यवस्थामा आएर राष्ट्रपति निर्वाचनमा सहभागी नहुनु गलत भएको टिप्पणी गरेका छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बसेको राप्रपाको कदमलाई लिएर उनले उक्त निर्णय गलत भएको टिप्पणी गरेका हुन् ।

बिहीबार संसद् भवनमा राष्ट्रपतिको निर्वाचन चलिरहेका बेला राष्ट्रपतिका उम्मेदवार नेम्वाङले राप्रपाको मतदान नै नगर्ने निर्णय लिएर गलत गरेको बताए । ‘उहाँहरूको निर्णय जे सुकै भएपनि म त्यसलाई सम्मान गर्छु । तर, यो अलिक ठीक भएन भन्ने मलाई लागेको छ,’ उनले भने, ‘मैले त उहाँहरूको कार्यालयमै पुगेर सुझाव दिएका थिएँ । तपाईंहरू यही प्रक्रियामा अगाडि बढ्नुहोस् । यो प्रक्रियामा भाग लिएरै जनताको बीचमा जान सकिन्छ भनेर सुझाव दिएको थिएँ ।’

यसअघि एमालेसहितको गठबन्धन सरकारमा सामेल भएको राप्रपाले सभामुखसहित अन्य पदहरूमा एमाले उम्मेदवारलाई मत दिएको थियो । राष्ट्रपतिमा पनि राप्रपाले एमालेलाई मत दिने आँकलन थियो । तर राप्रपाले बुधबार मात्रै राष्ट्रपति निर्वाचनमा मतदान नै नगर्ने निर्णय लिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार ११:३५   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।