Logo

प्रमुख समाचार

राष्ट्रपति निर्वाचनमा नेमकिपा पनि तटस्थ



काठमाडौं । राष्ट्रपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि तटस्थ बसेको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा केही सांसद रहेको नेमकिपाले राष्ट्रपति निर्वाचनमा कसैको पक्षमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो ।

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रसहित आठ दलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

नेमकिपाले राष्ट्रकाे हितविपरीत वितगमा विभिन्न सन्धि-सम्झाैताहरु भएका र त्यसकाे खारेजीका लागि राष्ट्रपतिका दुवै उम्मेदवारले कुनै प्रतिवद्धता नजनाएकाे भन्दै कसैलाई मतदान नगर्ने विज्ञप्तिमार्फत स्पष्ट पारेकाे छ ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि तटस्थ बस्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज भइरहेको राष्ट्रपति निर्वाचनमा राप्रपा सहभागी भएको छैन ।

निर्वाचन आयोगले आज (बिहीबार) साँझ ७ भित्रमा निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १२:१७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।