Logo

प्रमुख समाचार

एमालेसँग २०८४ सालपछि सहकार्य हुनसक्छ : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको तत्काल सम्भवना नरहेको स्पष्ट पारेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भवन परिसरमा कांग्रेस–एमाले मिल्न सक्ने आशय व्यक्त गरेको सन्दर्भमा कांग्रेस महामन्त्री थापाले अहिले नभई २०८४ सालसम्म भने त्यो हुन सक्ते बताए ।

राष्ट्रपति निर्वाचनमा भोट हाल्न गएका ओलीले पत्रकारहरुले कांग्रेस–एमाले मिलेर सरकार बनाउने सम्भावनाबारे जिज्ञासा राखेका थिए । सो क्रममा ओलीले कांग्रेससँग सहकार्य नगर्ने भनेर कसम नखाएको बताएका थिए ।

संसद भवन परिसरमै पत्रकारहरुले महामन्त्री थापालाई पनि ओलीको अभिव्यक्ति अनुसार कांग्रेस–एमाले मिल्नसक्ने सम्भावनाबारे जिज्ञासा राखे । जवाफमा थापाले भने, ‘२०८४ मा त्यो सम्भावना हुनसक्छ । हामी बालकोट आउँछौं । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं ।’ यसपटक भने त्यो सम्भावना नभएको थापाले बताए ।

  • याे पनि…

एमाले–कांग्रेसले एक ठाउँमा नआउने भनेर कसम खाएको छैनौं : ओली

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १५:२०   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।