काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि भएको मतदान सकिएसँगै अहिले मतगणना भइरहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको शंकरहलमा प्रतिनिधिसभा र प्रदेशसभातर्फका छुट्टछुट्टै ठाउँमा मतगणना भइरहेकाे हो ।
आज (बिहीबार) साँझ ५ बजेअगावै नतिजा आउने निर्वाचन समितिले जनाएको छ । निर्वाचित राष्ट्रपतिलाई आजै निर्वाचित भएको प्रमाणपत्र दिने तयारी पनि निर्वाचन आयोगले गरेको जनाएको छ ।
नौ दलको तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेको प्रतिनिधिका रुपमा मतगणना स्थलमा रमेश लेखक र एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङको प्रतिनिधिका रुपमा महेश बार्तौला छन् ।




















प्रतिक्रिया