Logo

प्रमुख समाचार

नयाँ राष्ट्रपतिबाट देशकाे हितमा कुठाराघात हुने कुनै काम नहोस् : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पौडेल निर्वाचित भएपछि उनले भने, ‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन ।’

अध्यक्ष नेपालले गठबन्धनमा भागबण्डा ठूलो कुरा नभएकाले स्वभाविकरूपमा अगाडि बढ्ने बताए । उनले भने, ‘भागबण्डाको कुरा त्यति ठूलो कुरा भएनन् । भागबन्डामा अल्मलिने भन्दापनि देश र जनताको लागि के गर्ने चिन्ताको विषय छ । तर, हामी सुरूमा मैले के पाएँबाट सुरू गर्छौं ।’

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १८:०४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।