Logo

राजनीति

खानेपानी मन्त्री न्यूयोर्क जाँदै



काठमाडाैं । खानेपानीमन्त्री अब्दुल खांन अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वल्र्ड वाटर कन्फ्रेन्स ) मा सहभागी हुन त्यसतर्फ जाने भएका छन् ।

मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले न्यूयोर्कमा आगामी चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको खानेपानीमन्त्री खांनले जानकारी दिएका हुन् । उनले भने , “मन्त्रिपरिषद्को आजको बैठकले अमेरिकामा आयोजना हुने वल्र्ड वाटर कन्फ्रेन्समा सहभागी हुन खानेपानीमन्त्रीलाई स्वीकृति दिएको छ ।”

मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय र वन मन्त्रालयल सम्बन्धी पनि विभिन्न निर्णय गरेको मन्त्री खांनले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १९:४१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।