काठमाडौं। ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको मापन ५.६ म्याग्निच्युड रहेको छ।
भूकम्पको केन्द्रबिन्दु ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा महसुस भएको थियो। हालसम्म क्षति विवरण भने प्राप्त भइसकेको छैन।




















प्रतिक्रिया