Logo

राजनीति

उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक



काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले मङ्गलवार उम्मेदवारको फोटोसहितको मतपत्रको नमूना सार्वजनिक गरेको हो।

संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र राखेको छ । मतपत्रमा उपराष्ट्रपति उम्मेदवारको फोटो पनि राखिएको छ ।

उपराष्ट्रपतिमा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादीका रामसहायप्रसाद यादव र प्रमीला कुमारी तथा जनमत पार्टी ममता झा उम्मेदवार छन् ।

संघीय सांसद्‍का सदस्यले मतदान गर्ने मतपत्रकाे नमुना

प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रकाे नमुना

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ११:५३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।