Logo

प्रमुख समाचार

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन रोक्न उच्च अदालतको आदेश



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन अन्योलमा परेको छ । उच्च अदालत सुर्खेतले तत्कालका लागि स्ववियु निर्वाचन स्थगित गर्न आदेश दिएको हो ।

मंगलबार ‘स्कुल अफ मेनेजमेन्ट’मा अध्ययनरत तीनजना विद्यार्थीले मतदानबाट बञ्चित गराइएको भन्दै दायर गरेको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।

अदालतले अर्को आदेश नआउँदासम्म चैत ३ गते हुन लागेको निर्वाचत रोक्न भनेको हो । अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १५:३९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।