Logo

राजनीति

उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने राप्रपाको निर्णय



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उपराष्ट्रपति निर्वाचन यही चैत ३ गते हुँदै छ । राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ । एमाले नेतृत्वको सात दलीय गठबन्धन टुटेसँगै सरकारबाट बाहिरिएको राप्रपा राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो ।

यस्तै, किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित रहेको निष्कर्ष बैठकबाट निकालिएको छ । उक्त निर्णय फिर्ता लिन माग गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १७:११   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।