Logo

राजनीति

सत्ता गठबन्धनको बैठक बालुवाटारमा



काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट दुई जनाको उम्मेदवारी परेकोमा एउटै उम्मेदवार कायम गर्नेबारे सहमति जुटाउन प्रयास गरिने बताएको छ ।

गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झाले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । ममतालाई सत्ता गठबन्धनकै लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ भने रामसहायलाई यसबाहेकका दलहरुको समर्थन रहेको छ । जसपाकी अर्की उम्मेदवार प्रमिलाले भने विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाइसकेकी छन् ।

आजको बैठकमा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरू सहभागिता रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १८:३१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।