Logo

राजनीति

उपराष्ट्रपति उम्मेदवार अष्टलक्ष्मी शाक्य भन्छिन् – ‘जित्नेमा ढुक्क छु’



काठमाडौं । नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफ्नो जित हुने दाबी गरेकी छन् । संसद भवनमा मतदान प्रक्रिया चलिरहेका बेला उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो दाबी गरेकी हुन्।

‘अहिलेको माहोल देख्दाखेरी सबैको प्रतिक्रिया सुन्दा म ढुक्क छु’, उनको भनाइ छ । शाक्यले अहिले दल–दल एकातिर बसेपनि संविधान विपरीत पुरुष उम्मेदवार बनाउनै नहुने बताइन् ।

उपराष्ट्रपति कार्यकारी नभएपनि यो गरिमामय पद भएको भन्दै शाक्यले संविधान र राष्ट्रको संरक्षण गर्ने दायित्व रहेको राष्ट्रपति–उपराष्ट्रपतिको भएको बताइन् ।

‘अधिकारसम्पन्न कार्यकारी पनि होइन राष्ट्रपति र उपराष्ट्रपति’, उनले भनिन्, ‘तर, यो गरिमामय पद हो। यसले संविधान र राष्ट्रको संरक्षण गर्नुपर्छ। कामको हिसाबले कमजोर भएपनि यो उच्च पदस्थ हो।’

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १४:२०   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।