काठमाडौं । जनमत पार्टीबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले जसपाका रामसहाय यादव दश दलीय गठबन्धनबाट साझा उम्मेदवार नभएको बताएकी छन् । संसद भवनमा मतदान जारी रहेका बेला सञ्चारकर्मीसँग कुरा गर्दै उनले यादवलाई नै भोट हाल्न ह्वीप जारी नभएको बताइन् ।
‘कानून सबैभन्दा ठूलो हो । त्यसैले राष्ट्र र कानूनलाई नै टेकेर हिँड्छु । यो महिलाहरुको हक अधिकारको कुरा हो । उपराष्ट्रपतिमा महिला नै आउनुपर्छ । हाम्रो पार्टी अध्यक्षले संविधानको मर्मलाई आत्मसाथ गर्दै मलाई उम्मेदवार बनाउनुभएको हो’, उनले भनिन्, ‘गठबन्धनबाट रामसहायलाई नै भोट हाल्न ह्वीप जारी भएको जानकारी छैन । कुनै पार्टीले पनि दश दलीय गठबन्धनबाट उहाँलाई नै मत दिनुपर्छ भनेको छैन ।’
राष्ट्रपति पुरुष भइसकेकाले महिला उपराष्ट्रपति हुनुपर्ने भन्दै ममताले समावेशीमा ठूला दलहरूले ध्यान दिनुपर्ने बताइन् । एमालेले पनि महिला नै उपराष्ट्रपतिमा निर्वाचित हुनुपर्ने मत राख्दै आएको छ ।




















प्रतिक्रिया