काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा नेताहरुबीच भएको छलफलमा उक्त समझदारी भएको हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएपनि समर्थन कायमै राखेको रास्वपाले महिला भएकाले ममतालाई रोजेको बताएको छ ।
केही नेताहरूले मतदानमा सहभागी हुन नहुने मत राखेका भए पनि यसबाट अहिलेको पद्दति नै स्वीकार नगरेको सन्देश जाने भएकाले भोट हाल्ने निर्णय भएको रास्वपाका एक नेताले जानकारी दिए ।




















प्रतिक्रिया