Logo

प्रमुख समाचार

स्ववियु निर्वाचन : स्याङ्जाको सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुका थापा विजयी



पोखरा । स्याङ्जाको सिद्धार्थ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका सन्जोग थापा निर्वाचित भएका छन् । आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघका विजय अधिकारीलाई ११ मतले पराजित गर्दै थापाले सभापतिमा बाजी मारेका हुन् ।

अनेरास्ववियुको थापाले ५१ र नेविसंघका अधिकारीले ४० मत प्राप्त गरे । स्ववियुको सभापतिसहित प्रत्यक्षतर्फ अनेरास्ववियु प्यानल निर्वाचित भएको हो । सचिवमा कुसुम ढकाल, सदस्यहरूमा अमिशा सुनार र कविता गुरुङ निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार १२:३८   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।