Logo

समाचार

उग्रतारामा आज भव्य मेला लाग्दै



डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज दिउँसेडी मेला लाग्दैछ। हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमामा लाग्ने यो मेलालाई स्थानीय भाषामा ‘देहिजाँत’ भनिन्छ।

अमरगढी नगरपालिका–८ स्थित मन्दिरमा परम्परागत पूजाआराधनापछि मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। मेलामा सुदूरपश्चिम, कर्णाली र छिमेकी भारतबाट समेत हजारौँ भक्तजन सहभागी हुने गर्छन्।

धार्मिक आस्थासँगै स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि समेत प्रसिद्ध यस मेलाका अवसरमा अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार ०७:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।