काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि मतदान सकिएको छ । आइतबार बिहान ८ बजेदेखि सुरू भएको मतदान अधिकांश क्याम्पसमा सम्पन्न भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
पछिल्लो जानकारीअनुसार काठमाडौं उपत्यकाका क्याम्पसहरुमध्ये सबैभन्दा बढी मत बागबजारस्थित शंकरदेव क्याम्पसमा ३१७७ खसेको छ । त्यस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा २४५० र केन्द्रीय क्याम्पस कीर्तिपुरमा २०७६ मत खसेको छ ।
त्यस्तै महेन्द्ररत्न क्याम्पस ताहाचलमा ८७८ मत खसेको छ भने नेपाल ल क्याम्पसमा १२६६ मत खसेको छ । ललितकला क्याम्पसमा ३०८ मत खसेको छ । थापाथलीमा १५५० भोट खसेको छ । विद्युतीय भोटिङ मेसिन प्रयोग भएका त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसको मत परिणाम आजै साँझ आइसक्ने बताइएको छ ।




















प्रतिक्रिया