ओखलढुङ्गा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई कालो झन्डा देखाइएको छ । आइतबारदेखि ओखलढुङ्गामा रहेका मुख्यमन्त्री कार्की सोमबार सिद्धिचरण नगरपालिका १ मा एक कार्यक्रमका लागि हिँडेका बेला अवरोधसहित उनी सवार गाडीमा तोडफोड प्रयास भएको हो ।
सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा प्रदेश नामकरणप्रति असन्तुष्ट रहेका पहिचान पक्षधरहरुले कार्कीलाई कालो झन्डा देखाउनुका साथै उनी सवार गाडी तोडफोडको प्रयास गरेका हुन् । कोशी प्रदेश नामकरणको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायत पदाधिकारीहरुले मुख्यमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन् ।
कोशी प्रदेशका विभिन्न स्थान साथै संघीय राजधानी काठमाडौंमा पनि पहिचान पक्षधरहरूले कोशी नामकरणको विरोध गर्दै आएका छन् ।




















प्रतिक्रिया