Logo

समाचार

नयाँ वर्ष अफर : नमस्ते पे इन्स्टल गर्दा ८० रुपैयाँ बोनस



काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा डिजिटल वालेट नमस्ते पेले नयाँ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत प्रयोगकर्ताले नमस्ते पे एप आफ्नो मोबाइलमा इन्स्टल गर्दा ८० रुपैयाँको ब्यालेन्स बोनस प्राप्त गर्नेछन् ।

यसका लागि प्रयोगकर्ताले नमस्ते पे मोबाइल एप डाउनलोड गरेर आफ्नो केवाईसी भेरिफाइ गर्नुपर्ने छ । यो अफर १५ वैशाखसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । साथै प्रयोगकर्ताले एप डाउनलोड गरेको २४ देखि ४८ घण्टामा ८० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १३:५८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।