Logo

खेलकुद

क्रिकेटलाई आवश्यक पर्ने सम्पूर्ण इन्टरनेट सुविधा वर्ल्डलिङ्कले दिने



काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेटसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्ने भएको छ ।

देशमा क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटीसम्बन्धी हरेक पूर्वाधार प्रदान गर्ने विषयमा वर्ल्डलिंकको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल र क्यानको तर्फबाट कार्यकारी सचिव दुर्गा राज पाठकले सम्झौतामा हस्ताक्षर हुन् ।

तीन वर्षका लागि भएको यो सम्झौताको अवधि दुवै पक्षबीचको आपसी समझदारीमा थप समयका लागि विस्तार हुनसक्ने बताइएको छ । समझदारीमा हस्ताक्षरका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित कार्यक्रममा कम्पनीका सीईओ नेपालले वर्ल्डलिंक देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक भएको नाताले पनि देशको खेललाई विस्तार तथा प्रवर्द्धन गर्नु आफूहरूको जिम्मेवारी भएको बताए ।

सम्झौता अनुसार मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा वर्ल्डलिंकले वैकल्पिक अप्टिकल फाइबर केवलसहित ४० एमबीपीएस गतिको डेडिकेटेड इन्टरनेट सुविधा उपलब्ध गराउनेछ । यससँगै जारी एसीसी क्रिकेट कप अवधिभरका लागि दुवै स्थानमा १०० एमबीपीएसको डेडिकेटेड इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १२:१२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।