काठमाडौं । दूरसञ्चार प्रधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेसँगै टेलिकमको सिम कार्ड र रिचार्ज कार्ड बिक्रेताहरुले आफूहरुको पैसा कस्ले दिने भनेर प्रश्न गरका छन् ।
प्राधिकरणले नविकरण वापतको शुल्क स्मार्ट टेलिकमले नबुझाएपछि लाइसेन्स खारेको गरेको हो । लाइसेन्स खारेज गरेसँगै प्राधिकरणले उठाउन बाँकी बक्यौता रकम स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्तिबाट लिने जनाएको छ । तर स्मार्ट टेलिकमका ग्राहकका लागि सिम कार्ड र रिचार्ज कार्ड बेच्ने सामान्य व्यापारीको पैसा कसले फिर्ता दिने भन्ने विषयमा कुनै जानकारी नुहँदा सामान्य व्यापारीहरु अन्योलमा परेका छन् ।
प्राधिकरणले पनि यस विषयमा कुनै निर्णय नभएको जनाएको छ। प्राधिकरणका अनुसार व्यवस्थापन समूह बनाएर स्मार्ट टेलिकमको विषय जिम्मा दिइएको र त्यस विषयमा व्यवस्थापन समूहको बैठकपछि जानकारी हुने जनाएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने, ‘यो विषय व्यवस्थापन समूहको बैठकपछि मात्रै थाहा हुन्छ । अहिले यस विषयमा जानकारी व्यवस्थापन समितिले नै दिने हाे ।’ यस विषयमा बुझ्न खाेज्दा व्यवस्थापन समितिबारे जानकारी दिने प्राधिकरणका उत्कृष्ट कर्मचारी समेत बनेका अम्बर स्थापित देश बाहिर रहेकाे प्राधिकरणले जानकारी दियाे ।
स्मार्ट टेलिकमले प्राधिकरणलाई साँढे ५ अर्ब रुपैयाँ भुक्तानी दिन नसकेपछि लाइसेन्स खारेजको प्रक्रियामा गएको हो । प्राधिकरणले गोकर्ण सिटौला सदस्य रहको कानून, अर्थ र सञ्चार मन्त्रालयका कर्मचारीसहितको व्यवस्थापन समिति बनेको र त्यसले नै यस विषयमा काम गर्ने जनाएको छ ।





















प्रतिक्रिया