सूदुरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार गठनका लागि गठबन्धन दलहरुसँग छलफल भइरहेकाले केही दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरे ।
मुख्यमन्त्री शाहले राष्ट्रिय राजनीतिका कारण प्रदेश सरकार गठनमा प्रभाव परेको बताए । उनका अनुसार सरकार गठनका लागि विभिन्न राजनीतिक दलहरुसँग समन्वय र छलफल भइरहेको छ ।
राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र त्यसपछि राष्ट्रिय राजनीतिमा भएको नयाँ गठबन्धनको प्रभावले सरकार विस्तारमा ढिलाइ भएको र अब चाँडै प्रदेश सरकार गठन प्रक्रियाअघि बढ्ने उनको भनाइ छ ।




















प्रतिक्रिया