Logo

समाचार

माप्य दुधकोशीमा भीषण आगलागी, पसल, होटलसहित घर पूर्ण रूपमा क्षति



सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–केन्द्र खास्तापमा आगलागी हुँदा घर , पसल, होटलसहित पूर्ण रूपमा क्षति भएका छन्।

गाउँपालिकाको केन्द्र खास्तापस्थित टंक राईको घरमा गत मंसिर ६ गते राति आगलागी भएको हो। आगलागीबाट सुन्दर राईको पसल, पिटर नेपालीको पसल तथा हर्कजित राईको होटलसहित घर पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ।

माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले घटनाबारे जानकारी दिँदै आगलागीबाट ठूलो भौतिक क्षति भएको बताउनुभएको छ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण तथा आगलागीको कारणबारे थप जानकारी आउन बाँकी छ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार ०८:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।