Logo

प्रमुख समाचार

यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका १४ निर्णय



काठमाडौं । नेकपा एमालेको आज (शनिबार) सम्पन्न केन्द्रीय कमिटी बैठकले वार्षिक कार्ययोजना पारित गरेको छ । तीन दिन चलेको बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्दै त्यसका आधारमा स्थायी कमिटीले तयार गरेको सो कार्ययोजना पारित गरेको हो ।

जसमा पार्टी सदस्यता शुद्धीकरण र विस्तार कार्यक्रम प्रभावकारी बनाउने, पार्टी सदस्यता नवीकरणको काम असार मसान्तभित्र पुरा गर्ने, पार्टी कमिटीहरू भद्दा भएकाले प्रदेशदेखि वडासम्म अधिवेशन पुन गर्ने एमालेको निर्णय छ ।

यसअघि एमालेले तल्ला तहका अधिवेशन एक वर्षअघि मात्रै सम्पन्न गरेको थियो । अब तल्ला तहको अधिवेशनहरू गर्दा पहिला प्रदेश त्यसपछि जिल्ला, पालिका हुँदै वडा र टोलको अधिवेशन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

गत निर्वाचनहरूमा आएको मत परिणामलाई समेत विश्लेषण गरेको एमाले बैठकले वैचारिक राजनीतिक प्रशिक्षण नियमित गर्दै प्रशिक्षणको वर्गीकरणमा जोड दिएको छ ।

यस्ता छन् बैठकले गरेका १४ निर्णयः–

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार २१:२७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।