Logo

राजनीति

जसपाद्वारा लेखा परीक्षण प्रतिवेदनबारे आयोगलाई जानकारी



काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

केही दिनअघि निर्वाचन आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको विषय सात दिनभित्र आयोगलाई जानकारी गराउन भनेको थियो ।

सोहीअनुसार जसपाले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको वेबसाइट र सञ्चारमाध्यमको विवरण उल्लेख गरी आज आयोगलाई जानकारी गराएको सो पार्टीका कायर्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार २१:३५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।