काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाउने गिरोहसँग मिलेर ठगेको आरोपमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले हिरासतबाटै पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पत्र लेखेको खुलेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले बुधबार दायर गरेको अभियोगपत्र अनुसार पाण्डेले हिरासतबाटै पूर्व गृहमन्त्री खाणलाई दुईपटक पत्र लेखेका हुन् ।
पूर्व गृहमन्त्री खाणलाई खाणका स्वकीय सचिव नरेन्द्र केसी मार्फत पठाइएको पत्रमा भनिएको छ, ‘केशव दुलालको बयान सच्याउनु पर्ने भयो । नभए, मन्त्रीज्यू समेतको मुद्दा जान सक्छ । एक हप्ताको म्याद थप भएको अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनै पर्छ । नरेन्द्रजी, ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीमा मुख्य प्रतिवादीहरुलाई मात्र मुद्दा दायर गर्ने व्यवस्था मिलाउनुपर्छ । अब आरोपित व्यक्तिलाई पक्राउ गर्ने हो भने मुद्दाले सहज रुप लिन्छ नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ भनेर भन्नुपर्छ ।’




















प्रतिक्रिया