Logo

अर्थ

माइतीघरबाट सहकारी पीडितहरुको एउटै स्वर– ‘हाम्रो बचत छिटो देउ’



काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले छ दिन अघि सुरु गरेको विरोध तथा धर्ना कार्यक्रम जारी छ । जेठ १८ गते  पत्रकार सम्मेलन गर्दै विरोध तथा धर्ना कार्यक्रम घोषणा गरेको महासघंले आफूहरुको मागहरु सम्बोधन नभएसम्म सडक संघर्ष गर्ने बताएका छन् ।

दश भन्दा बढी सहकारीका बचतकर्ता पीडितहरु विभिन्न मागहरु राख्दै माइतीघरमा विरोध तथा धर्नामा उत्रिएका छन् । बचत कर्ताहरुले आफ्नो बचत ब्याज सहित फिर्ता हुनुपर्ने, ठग्ने सहकारी संचालक समिति र परिवार तथा कर्मचारी ,नातागोता लगायतको सम्पत्ति रोक्का हुनुपर्ने,सहकारी पीडितलाई राज्य कोषबाट रकम दिने व्यवस्था गरिनुपर्ने र सहकारीलाई राष्ट्र बैंकको निगरानीमा राखिनुपर्ने लगायतका माग गर्दै विरोध तथा धर्ना कार्यक्रम गरेका हुन् ।

हेर्नुहोस् तस्बिरहरु –

 

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १७:०५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।