एजेन्सी । मुम्बइमा लिभ इन पार्टनरको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गर्दैछ । सरस्वती नाम गरेकी एक महिलाको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । मृतक सरस्वती वैद्यको हिजो अर्थात बिहीबार एउटा फ्ल्याटमा शवका कयौं टुक्रा भेटिएको थियो।
महाराष्ट्रको ठाणेमा ‘लिभ इन पार्टनर’को हत्या प्रकरणमा नयाँ खुलासा भएको विभिन्न भारतीय समाचार स.स्थाले बताएका छन् । पहिला महिलालाई हत्या गरेर टुक्रा टुक्रा पारेर शवलाई काटिएको र कुकुरलाई खुवाइएको जानकारी फैलिएको थियो । सरस्वती वैद्य नाम गरेकी महिलाको हत्या भएको प्रहरीले आशंका गरेर अनुसन्धान गरिरहेको छ । हत्याको अभियुक्त मनोज साने रहेको प्रहरीले बताएको छ । अभियुक्तले आफू एचआइभी पोजेटिभ भएको प्रहरीलाई बताएका छन । अभियुक्त मनोजले सोधपुछका क्रममा आफूले सरस्वतीको हत्या नभई असार ३ गते आत्महत्या गरेको पनि बताए । प्रहरीले आरोपी मनोजसँग सोधपुछ गरिरहेको छ ।
५६ वर्षीय मनोज सानेलाई आफ्नो लिभ इन पार्टनर ३६ वर्षीया सरस्वती वैद्यको हत्या गरेको आरोप लागेको छ । दुवै जना विगत केही वर्षदेखि मीरा रोडको नयाँ नगर क्षेत्रमा रहेको गीता आकाशदीप भवनमा बस्दै आएका थिए । मनोजको फ्ल्याटबाट केही दिनदेखि दुर्गन्ध आइरहेको बताइएको छ । यसबारे प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरी फ्ल्याटभित्र पसेपछि हत्याको खुलासा भएको हो ।
मनोज सानेले सरस्वतीको शवलाई धेरै टुक्रा पारेका थिए । उनले शवका टुक्रालाई कुकरमा उमालेका थिए । कुकुरलाई खान दिएको बताएका थिए । प्रहरीले उनको घरबाट भाँडामा रहेको सरस्वतीको शवका विभिन्न भाग बरामद गरेको छ । प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धानका क्रममा महत्वपूर्ण जानकारी हात परेको प्रहरीले जनाएको छ ।
सरस्वतीकी साथीको ठूलो खुलासा
मिडिया रिपोर्टका अनुसार सरस्वती अनाथ थिइन् र अनाथालयमा बस्थिन। सरस्वतीको अनाथालयकी साथीले प्रहरीसामु आफूलाई सरस्वतीले आफू काकासँग बस्ने बताएकी थिइन् । यो हत्याकाण्डपछि सरस्वतीकी साथी पनि स्तब्ध छिन् । उनकी साथीले भनिन्, ‘सरस्वतीले आफू मुम्बईको फ्ल्याटमा बस्ने बताएकी थिइन् । काका पनि उनीसँगै बस्ने जानकारी दिएकी थिइन।
सरस्वतीले आत्महत्या गरिन्ः मनोज साने
यसअघि मनोजले सरस्वतीको हत्या आफूले नगरेको बताउँदै सरस्वतीले असार ३ गते आत्महत्या गरेको प्रहरीलाई बयान दिएका थिए । सरस्वतीको मृत्युपछि उनलाई उनको हत्याको आरोप लाग्ने डर थियो । त्यसैले उनले सरस्वतीको शवलाई फाल्ने निर्णय गरे। मनोजले आफूलाई एचआईभी प्लस भएको पनि प्रहरीलाई बताएका छन् । उनले शवको व्यवस्थापन गर्न शवलाई काटेर टुक्रा टुक्रा पारेको र कुकुरलाई खान दिएको बताएका हुन ।





















प्रतिक्रिया