Logo

मनोरञ्जन

गायिका बबिनाको ‘माया आफै हुन्छ’ सार्वजनिक



काठमाडौं । गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ्ग तथा मास्टरिङ रहेको छ ।

प्रेमभाव समेटिएको गीतको भिडियो भने स्टुडियो भर्सनमा सार्वजनिक गरिएको छ । भिडियोलाई सरोज रञ्जितकारले छायाँकन तथा सम्पादन गरेका हुन् ।

सुमधुर आवाजकी धनी गायिका बबिनाका यसअघि ‘कति मिठो भूल’, ‘तिम्रै लागि’ लगायतका गीतहरु सार्वजनिक भइरहेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार १४:१७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।