Logo

धर्म / संस्कृति

उपत्यकामा ‘आदिपुरुष’को बिहानी सो रद्द



काठमाडौँ — भारतीय फिल्म ‘आदिपुरुष’को बिहानीको सो काठमाडौं उपत्यकाका हलमा रद्द गरिएको छ । सुरक्षाको कारण देखाउँदै हलहरुको छाता संगठन ‘चलचित्र संघ’ले बिहानीको सो रद्द गरेको जनाएको छ ।

उपत्यकाका केही हलमा भने बिहानीको सो पनि सञ्चालनमा आएको ‘आदिपुरुष’को नेपाल वितरक स्रोतले जानकारी दियो । यसअघि ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद फिल्मबाट नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने सेन्सर बोर्डले अडान लिएपछि ‘आदिपुरुष’को काठमाडौं प्रदर्शन विवादमा तानिएको थियो । बिहीबार नै फिल्मका नेपाल वितरकले उक्त संवाद हटाउन लगाइ फिल्मको जाँचपास अनुमति पत्र लिएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा मात्र नभइ भारतमा समेत उक्त संवाद नसच्च्याए उपत्याकामा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्दै फेसबुकमा लेखेपछि ‘आदिपुरुष’ विवादमा तानिएको थियो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार ११:३७   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।