एजेन्सी। विवादित भारतीय चलचित्र आदिपुरुषका लेखक मनोज मुन्ताशिरलाई अपरिचित व्यक्तिहरुले ज्यान मार्ने धम्की दिएका छन् । फिल्मको विवादपछि मुन्ताशिरलाई ज्यान मार्ने धम्की दिइएको र मुम्बई प्रहरीले सुरक्षा दिइरहेको जनाएको छ ।
एक प्रहरी अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भनेका छन्, “हामीले मनोज शुक्लाबाट सुरक्षाको लागि निवेदन प्राप्त गरेका थियौं, त्यसपछि उनलाई सुरक्षा दिइएको छ।”
चलचित्र आदिपुरुष गत साता रिलिज भएदेखि नै विवादमा परेको छ । फिल्मका धेरै संवादलाई लिएर मानिसहरुले आपत्ति जनाएका छन् । फिल्मलाई लिएर भारतमा समेत प्रदर्शन भइरहेको छ ।
सीता भारतमा जन्मेकी भन्ने संवादका कारण नेपालमा पनि चर्को आलोचना भइरहेको छ । नेपालभर आदिपुरुषको प्रदर्शन रोकिएको छ । विवादका बाबजुद पनि फिल्मले ३४० करोडको व्यापार गरेको छ ।





















प्रतिक्रिया