काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठले विवाह गरेकी छन् । उनले बिहीबार स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् । स्टुआर्ट बेलायती नागरिक हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा अभिनेताद्धय आयुष्मान देशराज र उनका भाई आशिरमानले बिहीबार आमा रविनाको विवाह गराइदिएको देख्न सकिन्छ । श्रेष्ठको विवाहमा दुबै छोराहरु र बुहारी प्रियंका कार्की खुशिले नाचेको भिडियोहरु सामाजिक सञ्जालमा छाइरहेका छन् ।
उनीहरूको विवाह समारोहमा रविनाका छोरा आयुष्मान, आशीर्मान, बुहारी प्रियंका कार्की, नातिनी, स्टुआर्टकी छोरीलगायतको उपस्थिति थियो ।
उनीहरूले गतवर्ष प्रेम दिवसको अवसरमा इन्गेजमेन्ट गरेका थिए ।





















प्रतिक्रिया