Logo

अचम्म

दुलही लैङ्गिक अल्पसंख्यक परेपछि…



विराटनगर । उदयपुरको बेलका नगरपालिका– ६ नम्बर राईले विवाह गरेकी महिला अल्पसंख्यक भएको थाहा भएको छ  । वैदेशिक रोजगारीका लागि मलेसिया गएका राईले करिब दुई वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमा शर्मिला राई नाम गरेकी युवतीसँग प्रेम सम्बन्ध विस्मातार गरी विवाह गरेका थिए ।

गएको मंसिरमा मलेसिाबाट घर आएपछि विवाह गर्ने सहमति भएका उनीहरुको नम्बरले नेपाल आएर उनको भतिको छेवरमा सर्मिलालाई निम्ता दिन्छन् । निम्ता मान्न अल्पसंख्यक समुदायकी सर्मिला राई नाम गरेकी ती महिला नम्बर राईको घरमा आउँछिन् । छोराले बुहारी ल्यायो भन्दै घरमा आफन्तले रित पुर्‍याएर विवाह गरेर घरमा भित्र्याउँछन् । गाउँलेका लागि विवाह भोज पनि आयोजना गर्छन ।

माघमा उनीहरुको राईको परम्पराअनुसार विवाह हुन्छ । पछि गाउँलेहरुले उनी पुरुष भएको हल्ला चलाउँछन् । नम्बर राईका अनुसार सर्मिला भनिने महिलाले उनीलाई शारिरीक सम्पर्क समेत गर्न दिन्नन् । उनले आफ्नो पनि घर गएर विवाहको रीत पुर्याए पछि विवाह गर्ने बताउँछिन् । तर नम्बर राईले उनको घर जाने चाहना राख्दा भने उनी सहमति पनि भइनन् । गाउँलेहरुले नम्बरसँग विवाह गरेका ३१ वर्षीय महिला भनिएकी सर्मिला भनिने व्यक्ति राजु राई भएको बताउँछन् । उनीहरुले सर्मिला भनिने व्यक्ति पुरुष भएको बताउँछन् । प्रेम गरेर विवाह गरेकी श्रीमती महिला नभएको बुझाई राईमा आएपछि उनले पालिकामा उजुरी गरेको गरे । पालिकाले यो विषयबारे छानबिन र कारबाही गर्न प्रहरीलाई पठायो ।

पालिकामा विवाह पछि नम्बरले आफूलाई घर बाहिर जान नदिने, गए झगडा गर्ने, श्रीमान श्रीमतीबीच हुने सम्बन्ध राख्न पनि नमानेको गुनासो गरेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले नम्बर राईसँग विवाह गर्ने व्यक्ति लैङ्गिक अल्पसंख्यक रहेको बताए । प्रहरीमा उजुरी आएपछि दुवै पक्षलाई बोलाएर छलफल गरेको बताउँदै उनले शर्मिला भनिने राजु लैङ्गिक अल्पसंख्यक रहेको बताए । विवाहकै विषयमा मुद्दा चलाउन नमिल्ने भएका कारण उनलाई आफन्तको जिम्मा लगाएको फुयालले जानकारी दिए । उनले ती व्यक्तिको स्वास्थ्य अवस्था पनि कमजोर रहेको बताए ।

उता नम्बर राईले भने सर्मिला भनिने ती व्यक्तिलाई झण्डै २ लाख बराबरको पैसा विदेश हुँदा पठाएको बताए । सर्मिला भनिने व्यक्तिले विरामी रहेको भन्दै नम्बर राईसँग पैसा लिएको नम्बर राईले खुलाएका छन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १९:०९   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।