काठमाडौं । नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि स्टेजमै बियर बोतल प्रहार भएको छ । हिजो रोमानियामा एक कार्यक्रममा उनीमाथि बियरको बोतल प्रहार भएको हो ।
सपुतले ‘बोल माया’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्याइएको थियो । गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ । सपुतले त्यसलाई छल्न भ्याएनन् र उनको अनुहारमै बोतल लागेको थियो । त्यस लगत्तै हातले मुख छोप्दै स्टेज छाड्छन् ।
आयोजकले बियरको बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।





















प्रतिक्रिया