Logo

मनोरञ्जन

प्रकाश सपुतमाथि रोमानियामा भएको घटनाबारे कूटनीतिक नियोगलाई ध्यानकर्षण



काठमाडौं । गायक प्रकाश सपुतमाथि रोमानियाको कन्सर्टमा भएको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले भर्त्सना गरेको छ ।

अध्यक्ष रीता थापामगरले सोमबार विज्ञप्ति जारी गर्दै घटनालाई लिएर त्यहाँस्थित कूटनीतिक नियोग र प्रतिष्ठानको युरोप शाखाको समेत ध्यानाकर्षण गराएको जनाएकी छन् ।

संस्थाका सचिवसमेत रहेका गायक सपुतमाथि गीत गाउने क्रममा भएको बोतल प्रहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘यस्ता घटनाले कलाकारको मनोबल गिर्नुको साथै नेपाली दाजुभाइबाट हुने यस्ता अवाञ्छित क्रियाकलापले सबै नेपाली कलाकारको मन दुखेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

याद नेपाली म्युजिक फेस्टिभल भाग-२ नाम दिइएको उक्त कार्यक्रमको घटनाका दोषीलाई तत्कालै आयोजकले नियन्त्रणमा लिएका थिए । उक्त कार्यक्रममा गायिका प्रीति आले समेत सहभागी थिइन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १२:४२   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।