काठमाडौं । अभिनेत्री रेखा थापाको नयाँ फिल्मको नाम ‘उपहार’ सार्वजनिक गरिएको छ । मंगलबार चलचित्र विकास बोर्डमा उक्त शीर्षकमा फिल्म दर्ता गर्दै रेखा फिल्म्सले फिल्मबारे औपचारिक जानकारी गराएको हो । यो लभस्टोरी र सोसल ड्रामालाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् ।
रेखा फिल्म्सले निर्माण गर्न लागेको फिल्म सामाजिक कथामा बन्नेछ । फिल्मको कथा सुलक्षण भारतीले लेखेका हुन् । बोर्डमा कलाकारको नाम रेखा थापा, पूजा शर्मा र सुलभ प्रतीक देउजा राखिएको छ । निर्देशक देउजाले अन्य कलाकार तय हुन बाँकी रहेको बताए । भदौ पहिलो सातादेखि छायांकन सुरु हुने जनाइएको छ । फिल्मको शीर्ष भूमिकामा रेखा र पूजा छन् ।
गुरुपूर्णिमामा गीतको रेकर्ड गर्दै फिल्मको औपचारिक निर्माण सुरु भएको छ । बाबुल गिरीको संगीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतमा एलिना चौहानले स्वर दिएकी छन् । गायनमा एलिनालाई बाबुलले साथ दिएका छन् ।





















प्रतिक्रिया