काठमाडाैं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले एसईईमा उतीर्ण भएका बिधार्थीहरुलाई बधाई दिँदै प्रविधिकाे पहुँचलाई ध्यानमा राखेर आफ्नो रुचिको बिषय लिएर आगामि शैक्षिक भविष्यलाई निर्धारण गर्न सुझाव दिएका छन् ।
आज सार्वजनिक भएको एसईईमा उत्तीर्ण भएका सम्पूर्ण विधार्थीलाई गुरुङले बधाई दिँदै यस्ताे सुझाव दिएका हुन् । सामाजिक संजालमार्फत उनले भनेका छन्, ‘देशभरीबाट सम्मिलित हुनुभएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीहरुलाई हार्दिक बधाइ दिन चाहन्छु । प्रविधीको पहुचलाई ध्यानमा राखी आफ्नो रुचिको बिषय लिएर आगामी शैक्षिक भविष्य निर्धारण गर्नुहुन सम्पुर्ण बिध्यार्थिहरु लाई आग्रह गर्दै सम्पुर्ण बिध्यार्थिहरुलाइ आगामी दिनको सफलताको कामना गर्दछु ।’





















प्रतिक्रिया