काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले वडा अध्यक्षका छाेराछाेरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाउन माग गरेका छन् ।
सामुदायिक विद्यालयहरूकाे व्यवस्थापन समितिकाे अध्यक्षकाे जिम्मेवारी वडा अध्यक्षलाई नै दिन थालिएकाे छ । वडा अध्यक्षलाई व्यवस्थाापन समितिकाे जिम्मा दिईएपछि समितिकाे अनुगमन कसले गर्ने भन्ने पनि स्पष्ट गर्नुपर्नेमा शेर्पाकाे जाेड छ ।
‘सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्ष बन्ने मात्र होइन उक्त वडाध्यक्षको छोराछोरी पनि सोही सामुदायिक विद्यालयमा पढ्नुपर्ने नियम बनाउनु पर्छ,’ अध्यक्ष शेर्पाले बताए ।





















प्रतिक्रिया