Logo

प्रमुख समाचार

शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्छ : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि सबैभन्दा बढी ध्वस्त शिक्षा क्षेत्र भएकाले शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।

आइतबार समाजवादी विद्यार्थी मोर्चाले ललितपुरमा आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले त्रिभुवन युनिभर्सिटीदेखि सरकारले चलाएका क्याम्पस र विद्यालय हालत हेरे नै सबै कुरा प्रस्ट हुने बताए । साथै उनले शिक्षामा आमूल परिवर्तन र सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने पनि बताए ।

‘जबकि विकास र प्रगतिको आधार नै शिक्षा हो । शिक्षामा आमूल परिवर्तनको आवश्यक छ । शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्छ’, यादवको भनाइ छ । उनले शिक्षा अधिकार र मानव विकासको आधार भएको भन्दै त्यसको दायित्व राज्यले लिन जरुरी रहेको बताउँदै समाजवादका लागि सवैका लागि गुणस्तरीय शिक्षा हुनुपर्ने बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार १६:३२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।