Logo

शिक्षा

त्रिविका प्राध्यापकले विद्युतीय हाजिरी मेसिन नै बोकेर हिँडे !




काठमाडौं। सामाजिक सुरक्षा कोषले कार्यकारी निर्देशक नियुक्तिका लागि विज्ञापन निकालेको छ। खुल्ला प्रतिस्पर्धाद्वारा नियुक्तिका लागि कोषले मंगलबार विज्ञापन खुलाएको

अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्यशास्त्र वा कानुनमा स्‍नातकोत्तर गरी सरकारी वा गैह्र सरकारी संघसंस्था वा कानुन बमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थामा अधिकृतस्तरको पदमा कम्तीमा १५ वर्ष काम गरेका नेपाली नागरिकले उक्त पदमा आवेदन दिन पाउनेछन्।

आवेदनसँगै व्यावसायिक कार्ययोजनासमेत पेस गर्नुपर्नेछ। आवेदन बुझाउन २१ दिनको समय दिइएको छ। ५५ वर्ष उमेर नाघेकाहरुले भने आवेदन दिन पाउने छैनन्।

कोषको कार्यकारी निर्देशकमा नियुक्ति पाउनेले कोषको सेवा सर्तसम्बन्धी विनियमावली,२०७६ तथा कार्य सम्पादन सम्झौतामा उल्लेख भए बमोजिमका सर्तका आधारमा मासिक पारिश्रमिक तथा सुविधा पाउनेछ।

 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार ००:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।